कात्तिक १७ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणा पछि सम्पन्न तीन तहको निर्वाचनबाट काँग्रेस पार्टीको सिद्धान्त विजय भएको बताउनुभएको छ ।
दसैँ, तिहार, छठ तथा नेपाल संवतको उपलक्ष्यमा शुभ कामना आदान प्रदान गर्न काँग्रेस काठमाडौँ महानगरपालिका–४ कार्य समितिले शनिबार गरेको कार्यक्रममा सभापति देउवाले यस्तो बताउनु भएको हो । तीन तहको निर्वाचनपछि काँग्रेसले अपेक्षित मत ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने देउवाको भनाइ छ ।
उहाँले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसा जन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गर्नुभयो । काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काँग्रेस एक ढिक्का भई निर्वाचनमा गए अर्को पटक निर्वाचनजित्न सक्ने विचार व्यक्तगर्नुभयो । उहाँले गएको निर्वाचनमा पार्टी भित्रको गुट उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको बताउनुभयो ।











