२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेकपाको स्थायी कमिटि बैठक शनिबार दिउँसो बस्दै

नेकपाको स्थायी कमिटि बैठक शनिबार दिउँसो  बस्दै

मंसिर २८,धादिङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि शनिबार बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने नेकपाका एक नेताले जनाएको छ । भोलिको बैठकले यस अघि सचिवालय बैठकले गरेका निर्णहरुयलाई अनुमोदन गराउने, सरकारको कामकारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र वर्तमान, समसामयिक विषयवस्तुमाथि छलफल हुनेछ ।

समयमा नै स्थायी कमिटी बैठक बस्न नसक्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ । यस अघिको सचिवालय बैठकबाट प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण प्रकृया टुङग्याउन सकेको छैन । भोलि शनिबार बस्ने बैठकले भने जनवर्गीय संगठन र पार्टी जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पु¥याउने नेताहरुले बताएकाछन् । यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना हुँदै आईरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।