मंसिर २८,धादिङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि शनिबार बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने नेकपाका एक नेताले जनाएको छ । भोलिको बैठकले यस अघि सचिवालय बैठकले गरेका निर्णहरुयलाई अनुमोदन गराउने, सरकारको कामकारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र वर्तमान, समसामयिक विषयवस्तुमाथि छलफल हुनेछ ।

समयमा नै स्थायी कमिटी बैठक बस्न नसक्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ । यस अघिको सचिवालय बैठकबाट प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण प्रकृया टुङग्याउन सकेको छैन । भोलि शनिबार बस्ने बैठकले भने जनवर्गीय संगठन र पार्टी जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पु¥याउने नेताहरुले बताएकाछन् । यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना हुँदै आईरहेको छ ।

Facebook Comments