२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पार्टीलाइ अझ शसक्त रुपमा अघि बढाउने नेकपाको जोड

पार्टीलाइ अझ शसक्त रुपमा अघि बढाउने नेकपाको जोड

पुस ७, काठमाडौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीकोे बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथीको छलफलमा आजसम्म ४६ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् । आजको बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खानाल, विष्णु पौडेल, रामबहादुर थापा र गिरिराजमणि पोखरेलले आफ्नो धारणा राख्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

गत मंसिर २९ गतेदेखि सुरुभएको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल चलिरहेको हो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट हालसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश गरिएको छ ।

बैठकमा सरकारका कार्यसम्पादनका बारेमा नेताहरुले धारणा राख्नुभएको छ । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिनुभएको छ । प्रतिवेदनमाथि छलफल चलिरहँदा नेताबाट प्राप्त सकारात्मक सुझावलाई सम्बोधन गरेर समृद्ध बनाउँदै हालसम्म भए गरेका कामको राम्रो र कमीकमजोरीका पक्षलाई नियालेर आम पार्टी पङक्ती र कार्यकर्तालाई उत्साहित ढङ्गले बाँकी कार्यभार पूरा गरेर अघि बढ्ने गरि बैठकले निष्कर्ष निकाल्नु पर्ने अधिकांश नेताहरुको भनाई रहेको छ ।

बैठकले पुस ६ गते शुक्रबार अपराह्न शैक्षिक अवलोकन गरेर फर्कने क्रममा दाङको राम्री भन्ने स्थानमा बस दुर्घटनामा परी दुःखद् निधन हुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ । घाइतेहरुको प्रभावकारी उपचारका लागि आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको विज्ञप्तिमा जनाइएको छ । नेकपा स्थायी कमिटीको अर्को बैठक पुस ८ गते आइतबार बिहान ८ बजे पुनः बस्ने छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।