धादिङवेशीं आरुघाट सडक खण्डमा यातायात बन्द हुने सूचना !
धादिङवेशीं, आरुघाट, गोरखा सडक खण्डको निलकण्ठ नगरपालिकाको वडा नम्बर १० गोलाभञ्ज्याङदेखी टारीवेशी सम्म सडक चौडा गर्नुपर्ने भएकाले मिति २०७५ साल माघ ४ गतेदेखि माघ २८ गते सम्म उक्त सडक खण्डमा मध्यान्न १२ बजेदेखी अपह्रान्न ४ बजे सम्म सडक बन्द हुने व्यहोरा सर्वसाधरणमा जानकारी गराईन्छ । साथै यसबाट पर्न जाने असुविधा प्रति हामी क्षमाप्राथी छौं ।
योजना प्रमुख
धादिङवेशी आरुघाट गोरखा सडक आयोजना एवं लामा कन्सट्रक्सन, धादिङवेशी, आरुघाट सडक