माघ ५ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि अनशनमा रहनुभएका प्राध्यापक डाक्डर गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जले गठन गरेको ९ सदस्यीय टोलीले डा. केसीको स्वास्थ्य जाँच गर्दा उहाँको छातीमा संक्रमण भएको पाइएपछि एन्टिबायोटिक चलाइएको उहाँको उपचारमा संलग्न डा. प्रमेश आचार्यले बताउनुभयो । यस्तै, डा. केसीको मांसपेसी बाउँडिने, रगतमा अक्सिजनको मात्रा कम रहेको, रक्तचाप पनि घटेको, रगतमा सुगर र फस्फोरससमेत कम हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

सरकारले आफूसँग गरेको सहमति अनुरुप सरकराले चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै डा. केसीले इलाममा गएर १६ अनसन सुरु गर्नुभएको हो । तर, स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विहिबार राति नै उहाँलाई सेनाको विशेष हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

यसैबीच सरकारले विगतमा गरेका सहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्नेलगायतका माग राखेर आमरण अनशनमा बस्नुभएका डा. केसीको समर्थनमा आज राजधानीको माईतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । सोलिडारिटी फर डा. केसी एलाईन्स्को अगुवाईमा डा. केसीको समर्थनमा ऐक्यवद्धता हुन लागेको हो ।

Facebook Comments