माघ ६ ।
भाेकालाई एकछाक खाना हाेइन जीवन जिउने जुक्ति पनि सिकाउँ भन्ने मुल उक्ति सहित सिद्धलेक सानाकिसान सवलिकरण परियाेजना अन्तरगगत संचालित ४ दिने अाधारसिला तालिम पछि समुदाय तहमा सकारात्मक परिवर्तनको शुरुवात भएको छ । 
सिद्धलेक गाउँ पालिका वडा नं ५ काम्राङमा गठित जलदेवी स्वबम्बी महिला मुल समूह,महाकाली महिला स्वाबलम्बी उपहार समुह र मुक्तिनाथ बाल समुहको अायाेजना गाउँ घर सरसफाइ अभियान थालनी गरेका छन्।
महिला समूह,बाल समुहका सदस्यहरुको सक्रियतामा गाउँ घर,चोक,सडकमा रहेका प्लास्टिक जन्य अन्य फोहोर संकलन र उचित व्यवस्थापन गरेको समुहकी अध्यक्ष मनमाया घलेले बताउनु भयो । ४ दिनसम्म सञ्चालन भएकाे तालिममा नेतृत्व बिकास ,सकारात्मक सोच,१२ अाेटा, अाधारशीलाहरु उपहार प्रदान ,उत्तरदायित्व ,बाडिचुडी उपभोग,वातावरण प्रतिको चासो,पुर्णसहभागीता, लगायत, ब्यवस्थित खोर निर्माण ,बाख्रापालन र अायअार्जन वृद्धिका विषयमा छलफल पश्चात् समुदायमा सकारात्मक परिवर्तनको शुरूवात भएको सचिव सम्झना घलेले बताउनु भयो ।
वातावरण सरसफाइ सम्बन्धि जानकारी पछि गाउँ लाई सफा बनाउन सबै मिलेर अभियान संचालन गररिहेको ।मुक्तिनाथ बाल समुह अध्यक्ष रेश्मा परियारले भनाइ रहेको छ । शनिबार प्लेकार्ड ,व्यानर सहित काम्राङ गाउँ सफाइ र खुल्ला पशुचरण बन्द गर्ने र नियमित सरसफाइ गर्ने प्रतिबद्धता समेत पारित गरेको प्रयास नेपालका सामुदायिक सहजकर्ता दिनेश परियारले जानकारी दिनु भयो ।