
माघ १५,कुम्पुर धादिङ ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ स्याखुटारमा आज बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपाल ,सिद्धलेक गाउँ पालिको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत आज मंगलबार ५४ जनालाई बाख्रा वितरण गरीएको हो । स्याखुटार स्वालम्बी महिला समुहका सदस्यहरुलाई का२/२ओटा बाख्रा वितरण गरेको हो ।
बाख्रा उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद भट्टराई , प्रयास नेपालका सिचव वीर बहादुर श्रेष्ठ ,संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटा ,कार्यकारी निर्देशक दामोदर अर्याल, लगायतको विषेश आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले महिला ससक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो । यसैगरी अध्यक्ष सिलवालले गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपाल धादिङले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो । कार्यक्रम समुहकी अध्यक्ष भावना घलेले अाफुहरुले पाएको उपहारलाई सहि सदुपयोग गर्ने र कार्यक्रम शरुवात पछि समुदायमा सामाजिक एकता वृद्धि भएको भएको बताउनु भयो ।
सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत ८ वटा मुल समूह र ३५ वटा उपहार समूह गठन,सीप तथा क्षमता विकास र व्यवसायिक बाख्रा पालन,नश्ल सुधार ,सुधारिएको खोर निर्माण र घाँस खेती बिस्तार र उत्पादित बस्तुहरुको बजारिकरणमा कार्य हुँदै अाएको प्रयास नेपालकन प्राविधिक संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।