२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अखिल धादिङद्धारा बिरामी तामाङलाइ आर्थिक सहयोग प्रदान

अखिल धादिङद्धारा बिरामी तामाङलाइ आर्थिक सहयोग प्रदान

माघ २०, धादिङ ।
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) निकटका अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी धादिङका दुई विद्यार्थी संगठनले संयुक्त रुपमा आज एक कार्यक्रमकाबीच गजुरी गाउँपालिका वडा नम्बर ७, पटेर स्थायी घर भएका दिपक तामाङको उपचार खर्चको लागि आर्थिक सहयोग स्वरुप ४३,१०५ (त्रिचालिस हजार एकसय पाँच रुपैया) को चेक प्रदान गरिएको छ । विगत लामो समयदेखि GBS (Guillian Barre Syndrome) नामक रोगबाट पिडित तामाङको घाँटिदेखि तलतिरको भाग नचल्ने रोग लागेको थियो । केहि समयदेखि त्रिवि शिक्षण अस्पताल टिचिङको PICU मा उपचार गराएका तामाङको स्वास्थ्यमा अहिले केहि सुधार आएको छ । अहिले पनि नियमित फलोअपमा जानको लागि आर्थिक समस्या परेको र तामाङको आर्थिक अवस्था कमजोर भएका कारण आर्थिक सहयोग गरिएको अनेरास्ववियु केन्द्रिय कमिटिका सदस्य सन्तोष रानाक्षेत्रिले जानकारी दिनुभयो । सहयोग प्रदान गरिएको रकम गजुरी गाउँपालिका क्षेत्रबाट संकलन गरि बिरामी तामाङलाइ प्रदान गरिएको हो ।

कक्षा ६ मा अध्यायनरत १४ बर्षिय तामाङलाइ आज आदर्श बहुमुखि क्याम्पस गजुरीमा एक कार्यक्रमकाबीच दिपक तामाङका बुवा लाल बहादुर तामाङलाइ अनेरास्ववियु केन्द्रिय कमिटिका उपाध्यक्ष रश्मि आचार्याले चेक प्रदान गर्नुभएको थियो । सहयोग प्रदान गर्दै उपाध्यक्ष आचार्याले दिपकको जीवन रक्षाको लागि सबैलाई आ–आफ्नो ठउँबाट सकेको सहयोग गर्न अपिल गर्नुभयो । साथै धादिङका विद्यार्थी संगठनहरुलाइ सामाजिक र रचनात्मक क्रियाकलापमा सक्रिय सहभागिता जनाउन पनि आग्रह गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय तथा जिल्लास्तरीय विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।