कात्तिक २२, धादिङ।
नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति विस्तार गरेको छ । समितिको बुधबारको बैठकले ७५ सदस्यीय निर्वाचन समिति बनाएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । समितिको संयोजकमा बालकृष्ण खाँड, सहसंयोजकमा सुरेन्द्रराज पाण्डे हुनुहुन्छ । यस्तै सदस्यमा दीलेन्द्रप्रसाद बडू, मानबहादुर विक, कमला पन्त, धनराज गुरुङ, पुष्पा भुसाल, रत्न शेरचन, किशोरसिंह राठौर, मीन विक, बद्री पाण्डे, सुजाता परियार, केशवकुमार बुढाथोकी, गुरुराज घिमिरे, कल्याण गुरुङ, डा डिला संग्रौला, सरिता प्रसाई, बहादुरसिंह लामालगायत हुनुहुन्छ । समितिमा काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष वा प्रतिनिधिसमेत सदस्य रहेका छन् । उद्योगी विनोद चौधरीलाई पनि समिति सदस्यमा राखिएको छ ।

Facebook Comments