२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय

फागुन २९।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आपराधिक क्रियाकलाप बढाउँदै लगेको निष्कर्ष निकाल्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि खलल पार्ने काममा उनीहरु आक्रामक रुपमा लागेको बारेमा मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जानकारी गराउनु भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

राज्यले वार्तामा बोलाउँदा पनि नआएपछि प्रतिबन्ध लगाउनुको विकल्प नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा जानकारी गराउनु भएको थियो । शहरी विकास मन्त्री मोहम्मत इस्तियाक राईले सीआईएनसँगको संक्षिप्त कुराकानीमा भन्नुभयो, ‘प्रतिबन्ध लगाउने बारेमा निर्णय भएको छ तर त्योभन्दा धेरै बताउने अधिकार मसँग छैन ।’

असन्तुष्ट समूहसँग वार्ताका लागि सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा केही महिनाअघि वार्ता समिति गठन गरेको थियो । विप्लव समूह बोलाउँदा पनि वार्तामा नआएको समितिका सदस्यले बनाएका थिए । पछिल्लो समय ललितपुरको नख्खुमा एनसेल कार्यालयमा बम आक्रमणका क्रममा एक जनाको मृत्यु भएपछि विप्लव समूहमाथि कारबाही नगरेको भन्दै सरकारमाथि दबाब परेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।