चैत्र २१, धादिङ ।
धादिङको खनियाबास गाउँपालिकाका स्थानियहरुले प्रयोग गर्दै आएको अवैध १२ थान बन्दुक स्थानिय प्रशासनलाई प्राप्त भएको छ । अबैध हातहतियार नराख्न र कसैसंग भए तुरुन्त स्थानीय प्रशासनलाई बुझाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेसँगै खनियाबास गाउँपालिका कार्यलयमा स्थायिनहरुले बन्दुक बुझाएका हुन् ।

स्थानियबासीहरुले बुझाएको अवैध हतियार खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयलाई हस्तान्तरण गर्नुभएको छ । गृहमन्त्रालयले यहि चैत्र १ गते सुचना जारी गरि सुरक्षा निकाय र अनुमति लिएका हातहतियार बाहेक सबै हातहतियार अबैध भएकोले तत्काल बुझाउन आव्हान गरेको थियो ।

लागू औषध, दुरव्यसन र महिला हिंसा विरुद्धमा युवा अभियान तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत हिजो खनियाबास गाउँपालिकामा आयोजना गरिएको छलफल पछि स्थानियहरुले अवैध हतियार गाउँपालिकामा बुझाएका हुन् । गृहमन्त्रालयले २०७६ वैशाख ५ गतेभित्र अवैध हातहतियार स्थानिय प्रशासनलाई बुझाउन सूचना जारी गरेको छ ।

तोकीएको समय भित्र त्यस्ता हातहतियार र खरखजना बुझाउन आउनेलाई कुनै कानूनी कारवाही नचलाईने र यदि हातहतियार खरखजना तोकिएको अवधिभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्ती उपर प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो ।

Facebook Comments