
कात्तिक २८ –
भोजपुर क्षेत्र नं.२ मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेका छन् ।
भोजपुरको ट्याम्केमैयु गाउँपालिका–७ को दलगाउँ र कोटको बिचको पिखुवा खोलमा १४/१५ जनाको समूहले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बम प्रहारबाट ल्यान्ड रोभर गाडीमा क्षति भएको उज्यालो अनलाईनले लेखेको छ । उम्मेदवार राई भने सकुशल हुनुहुन्छ। अहिले त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
सुरक्षामा खटिएका असईले बम प्रहार गर्नेमाथि २१ राउन्ड गोली प्रहार गरेका छन् । प्रहरीले उनको हातमा चोट लागेको बताएको छ ।