माघ १२, धादिङ ।
पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर १ गजुरीबजारमा आईतबार ४ ओटा सवारी साधन एक आपसमा ठोक्कीदा २ जना गम्भीर घाईते भएका छन् ।
घाईते हुनुहरुमा मोटरसाईकल चालक गजुरी गाउँपालिका वडा नम्बर २ बस्ने १८ वर्षिय पुस्कर थपलिया र २२ वर्षिय पर्वत सेँडाई रहेका छन् । बा ९३ प २८३१ र प्रदेश ३ ०३ २४३८ नम्बरको मोटरसाईकल र बा १ प ११२३ र काठमाण्डौंबाट मुग्लीन तर्फ जाँदै गरेको बा २ ख ६२१६ नम्बरको माईक्रोबस गरि ४ ओटा सवारी साधन एकआपसमा ठक्कर खाएको थियो ।
घाईतेहरुको अहिले काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यलय धादिङले जनाएको छ ।