रेडियो धादिङ ।

कोभिड १९ बाट बच्न तथा फैलिन नदिन गरिएको लक डाउन लगायतका विषयमा छलफल गर्न जिल्ला कमाण्ड पोष्टको वैठक बसेको छ ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङको संयोकत्वमा बसेको मंगलबार बैठकले भारत तथा तेस्रोमुलुकबाट आएकाहरुको व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको आपूर्ति, प्रदेश सरकारबाट प्राप्त बजेट, एम्बुलेन्स व्यवस्थापन, सवारी पास, मजदुरको व्यवस्थापन लगायतका विषयमा छलफल गरेको थियो ।

छलफलले सवारी साधन अनुमती पत्र सम्बन्धी कार्यविधि २०७६ को दफा ३ का सेवालाई दफा ४ को प्रक्रिया पुरा गरि सवारी पास जारी गर्ने, साधारण पास जारी नगर्ने र त्यसको अनुगमन शसस्त्र प्रहरी वलले गर्ने, उद्योग कलकारखाना बन्द भई अलपत्र परेका मजदुरहरुको लागि गृह मन्त्रालयको अनुमतीमा मात्र सावरी पास गर्ने निर्णय भएको छ ।

यस्तै भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तीहरुलाई सबै स्थानिय तह मार्फत अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्ने, यदि अटेर गरे संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गर्ने, दैनिक उपभोग्य वस्तुको सहज आपूर्तीको लागि उद्योग वाणिज्य संघले मिलाउने, प्रदेश सरकारबाट प्राप्त सहयोग स्वास्थ्य सुरक्षा सामाग्री खरिद गर्ने, जिल्लामा रहेका ५६ ओटा एम्बुलेन्सलाई २४ सै घण्टा परिचालन गर्न संयुक्त एम्बुलेन्स चालक संघलाई निर्देशन दिने निर्णय भएको छ ।

यस्तै छलफलले जिल्लाभर ४ सय ३१ वेड सहितको क्वारेन्टाईन र ३९ ओटा वेड सहितको आईसोलेसन वाडहरुको निर्माण भएको, ३ सय २८ जना विदेशबाट आएका मध्य ६८ जनालाई क्वारेन्टाईनमा राखेको लक डाउन पूर्ण रुपमा पालना भएको जानाकारी समेत गराईएको छ ।

छलफलमा जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मी, उप अनुसन्धान निर्देशक धिरेन्द्रसिंह कार्की,सेनानी डम्बरबहादुर पुन, सहायक प्रहरी नायव उपरिक्षक धिरेन्द्रराज न्यौपाने, उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रुद्रबहादुर खत्री, जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमला, स्वास्थ्य कार्यलय धादिङका डा. भुवन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments