धादिङमा जारीे निषेधाज्ञा बुधबारदेखी खुकुलो गर्ने निर्णय गरेको छ । बैठकले भदौ २३ गतेसम्मलाई लम्बाएको निषधाज्ञालाई केही खुलेको पारेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले भदौ २३ गतेसम्मलाई निषेधाज्ञा लम्बाएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो ।

गत साउन ३० गतेदेखि लागु गरिएको निषेधाज्ञा चौथो पटक गरि मंगलबार फेरि थपिएको हो । जिल्लाबासीलाई कोरोनाको जोखिमबाट सुरक्षित राख्न पूर्ण रुपमा सुरक्षाको नियमहरु पूर्ण पालना गर्नेगरि निषेधाज्ञाको समय थप गरिएको मल्ले बताउनुभयो । बैठकले बिहान १० बजेदेखि २ बजेसम्मको लागि बजार, कलकारखाना, उद्योगधन्दा संचालन गर्न पाउने निर्णय गरेको छ ।

बैक तथा वित्तीय संस्था संचालन सम्बन्धमा भने एक चौथाइ कर्मचारी राखेर मात्र सेवा दिन पाउने निर्णय गरेको छ । व्यापार व्यवसाय कलकारखाना, उद्योग संचालन गर्दा अनिवार्य मास्क, पञ्जा लगाउन आग्रह गरेको छ । यस्तै शृङ्गार व्यवसाय ब्युर्टि पार्लर, सैलुन, सुइमिङ पुल, जिमखाना, हेल्थ क्लबहरु भने पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । यीबाहेक तरकारी, औषधी, दुध फलफुलको पसल भने खुला रहने निर्णय गरेको छ ।

सवारी संचालनको हकमा भने प्रेस तथा बिरामी बोक्ने अत्यावश्यक सेवाबाहेक अन्य सवारी संचालनमा रोक लगाउने निर्णय भएको छ । यस्तै कोरोनाको संक्रमण हुनबाट बच्न मर्निङ वाक तथा योगा गर्न निस्कन परेमा बिहान ४ बजेदेखि ७ बजेसम निस्कन पाउने र अन्य समयमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, टोल छिमेक तथा सार्वजनिक स्थलहरुमा भीड गरेर नबस्न, मास्कको उचित प्रयोग गर्न, साबुन पानीले नियमित हात धुन, स्यानिटाइजरको प्रयोग गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै मंगलबार बसेको बैठकले नगरपालिकाहरुले कम्तिमा २५/२५ वेड, पृथ्वीराजमार्गमा रहेका गाउपालिकाहरुले कम्तिमा २०/२० वेड र अन्य गाउपालिकाहरुले कम्तिमा १५/१५ वेडको आइसोलेसन स्थापना गर्ने र आइसोलेसनको तेब्बर संख्यामा क्वारेन्टाइन स्थापना तथा सञ्चालन गर्न स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मल्ले जानकारी दिनुभयो ।

Facebook Comments