
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० तारपुलमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ३४६४ नम्बरको ट्रकले ठक्कर दिँदा गोर्खाको गण्डकी गाउँपालिका वडा नम्बर ६ कौदीखोला बस्ने बर्ष १२ को परबचन प्रजाको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
Dhading Update
ठक्कर दिने सवारी साधन र चालक प्रहरी चौकी जोगिमारा धादिङको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरिक्षक एवं प्रवक्त सरोज राईले जानकारी दिनुभयो ।