२०८३ कार्तिक १७, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सरकारले पिसिआर परिक्षणको शुल्क घटायो, अब २ हजारमै पिसिआर परिक्षण

सरकारले पिसिआर परिक्षणको शुल्क घटायो, अब २ हजारमै पिसिआर परिक्षण

सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाइरसको सङ्क्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

पीसीआर परीक्षणका लागि चाहिने आवश्यक समग्रीको मूल्य घटेकोले परीक्षणको शुल्क संशोधन गरेर दुई हजार रुपैयाँ कायम गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसअघि पीसीआर परीक्षणको शुल्क चार हजार चार सय रुपैयाँ तोकिएको थियो । सरकारी अस्पताल तथा पीसीआर परीक्षणका लागि अनुमति पाएका सबै निजी प्रयोगशालाले अब पीसीआर परीक्षणको शुल्क अधिकतम दुई हजार रुपैयाँमात्र लिन पाउने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।