त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा रुखबाट खसेर एक जानको ज्यान गएको छ । १ जना घाइते भएका छन् । रुखमा चढ्ने क्रममा हाँगा भाँचिएर लड्दा स्थानीय ३५ वर्षका अर्जुनबहादुर थापा मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै थापासँगै गएका २४ वर्षका राजवीर गुरुङ घाइते हुनुभएको छ । घाइते गुरुङको धादिङ जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।

ज्यान गुमाएका अर्जुनबहादुर थापा मगर र घाइते राजवीर गुरुङ दुवै जना अरिङ्गाल पोल्न भनेर रुखमा चढेका थिए । अरिङ्गाल खान स्वादिलो र स्वास्थ्यको लागि फाइदा हुने भन्दै गाउघरमा बनजंगलमा गइ अरिङ्गाल पोलेर खाने चलन छ ।

Facebook Comments