२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जनस्वास्थ्यका सुरक्षाका मापदण्ड आफ्नै हितको लागि भएको धादिङका सिडियो पौडेलको भनाई

जनस्वास्थ्यका सुरक्षाका मापदण्ड आफ्नै हितको लागि भएको धादिङका सिडियो पौडेलको भनाई
सेयर गर्नुहोस्
०सेयर

धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) का संयोजक पुण्यविक्रम पौडेलले जनस्वास्थ्यका सुरक्षाका मापदण्ड पालना गर्ने भनेको आफ्नो हितको लागि भएकाले पूर्ण रुपमा पालना गर्न बताउनुभएको छ ।

आफु संक्रमणबाट जोगिए आफ्नो परिवार, समुदाय सँगै सिंङ्गो जिल्ला सुरक्षीत हुने भएकाले सुरक्षाका मापदण्ड पालना गर्न सबैमा अनुरोध गर्नुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड उलंघन गर्नेहरुलाई प्रहरी प्रशासन लगाई बल पूर्वक कारवाही गर्न संम्भव नभएको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले स्पष्ट पार्नुभयो । तर उद्योग वाणिज्य संघ, चेम्बर्स अफ कर्मस टोल सुधार समिति र प्रहरी प्रशासनले छड्के नियमित रुपमा अनुगमन भईरहेको उहाँले बताउनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि नागरिक समाज, सञ्चार माध्यमले सकरात्मक भुमिका निर्वाह गरिरहेको बताउनुभयो । पछिल्लो समय कोरोना जोखीम बढेको र पहिलेको भन्दा निशेधाज्ञा धेरै खुलिसकेकाले अब शसक्त रुपमा जनचेतना जगाउन आ–आफ्नो भुमिका निवार्ह गर्न आग्रह गर्नुभयो ।

यस्तै जिल्लामा भोली असोज १ गतेदेखि सार्वजनिक यातायात पनि खुल्ला गर्ने बुधबार बसेको सिसिएमसिको वैठकले निर्णय गरेको छ । आधा यात्रु राखेर सार्वजनिक यातायात संञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) का संयोजक पौडेलले बताउनुभयो ।

वैठकले शैक्षिक संस्था, जिमखाना, व्यूटिपार्लर, शैलुन खोल्न नपाउने निर्णय गरेको छ । तर होटलहरुलाई भने वेलुकी ८ बजेदेखी विहान ५ बजे सम्म खोल्न नपाउने गरि खुल्ला गर्ने निर्णय गरेको छ । यस्तै जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि अन्य व्यवसायहरु भने निर्वाध रुपमा खुल्ला गर्ने निर्णय छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।