२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गजल

गजल

जहिल्यै चोकमा हुन्छन् बजारमा हुन्छन्,
तैपनि बेरोजगार युवा हतारमा हुन्छन्,

म मुटुभरी देश बोकेर यो खाडिमा हुन्छु,
उता देश बेच्नेहरु चै सरकारमा हुन्छन्,

बिरामीलाई एक छिन जाममै राख्नुहोला,
यतिबेला ती मन्त्रीहरु सवारमा हुन्छन्,

सोह्र श्रृङ्गार तिमीलाई देखेपछि आखाहरु,
यता तिम्रो जवानी लुट्ने बिचारमा हुन्छन्,

छोरालाई सहर राखेर पढाउने बाआमाहरु,
कहिले गैरीमा हुन्छन् कहिले टारमा हुन्छन्,

परेदेश गएको छोरोले घर नै बिर्सिएपछि,
घरमा बाआमा मर्ने बाच्ने दोधारमा हुन्छन्,

प्रदीप पोखरेल
धादिङ

यो समाचार सेयर गर्नुहोस्
प्रदिप पोखरेल लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।