२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा एक महिनामै ३३ करोड भन्दा बढि रेमिट्यान्स भित्रियो

धादिङमा एक महिनामै ३३ करोड भन्दा बढि रेमिट्यान्स भित्रियो
?????????????????????????????????????????????????????????
सेयर गर्नुहोस्
०सेयर

(Remittance)

सदरमुकाम धादिङबेशीमा रहेको एक मात्र आइएमइ कला इन्टरनेशनल प्रालिले १ महिनाको अवधिमा रेमिट्यान्स १२ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । कला इन्टरनेशनल प्रालिले पछिल्लो एक महिनामै ३३ करोड ४० लाख ५५ हजार ९ सय ९० रुपैया रेमिट्यान्स भित्राएको प्रबन्धक रामचन्द्र गिरिले जानकारी दिनुभयो ।

जबकी साउन र भदौ २ महिनामा ४९ करोड ३३ लाख ६० हजार ३ सय ५० रुपैया मात्र रेमिट्यान्स भित्राएको थियो । यस्तै साउन महिनादेखि आजसम्म ३ महिनाको अवधिमा ८२ करोड ८९ लाख १ हजार ३ सय ४० रुपैया रेमिट्यान्स भित्राएको प्रबन्धक गिरिले बताउनुभयो ।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण रेमिट्यान्स घट्ने चिन्ता थियो तर चाडपर्व पनि नजिकिनु र विदेशबाट हुण्डी गरेर पैसा पठाउने काम पनि बन्द भएसँगै आइएमइ गरेर पैसा पठाउने क्रम बढेको प्रबन्धक गिरिले जानकारी दिनुभयो । यो एक महिनाको अवधिमा रेमिट्यान्स १२ प्रतिशतले वृद्धि हुनु सन्तोषजनक नै रहेको प्रबन्धक गिरिले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
डोल्मा मम्बा लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।