
धादिङमा मंगलबार थप २७ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा गल्छी गाउपालिकाकाका ८ जना, नीलकण्ठ नगरपालिका र त्रिपुरासुन्दरी गाउपालिकाका ७/७ जना, नेत्रावती डबजोङ गाउपालिकाका २ जना, धुनीबेशि नगरपालिका, गजुरी गाउपालिका र बेनिघाट रोराङ गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा गल्छी गाउपालिकाका वडा नम्बर ३ र ६ का ३/३ जना, गल्छी गाउपालिकाका वडा नम्बर ४ का २ जना, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ५ जना, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ र १२ का १/१ जना, त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर २ का ६ जना, त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ६ का १ जना, नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर १ का २ जना, धुनीबेशि नगरपालिका वडा नम्बर ५ का १ जना, गजुरी गाउपालिका वडा नम्बर ३ का १ जना र बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ४ का १ जना रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार १ सय ७५ पुगेको छ ।