
धादिङमा बुधबार १५ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका ५ जना, धुनीबेशि नगरपालिका, त्रिपुरासुन्दरी गाउपालिका र थाक्रे गाउपालिकाका २/२ जना, गजुरी गाउपालिका, ज्वालामुखी गाउपालिका, गंगाजमुना गाउपालिका र गल्छी गाउपालिकाका १/१ जनामा बुधबार कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ४ जना, नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का १ जना, धुनीबेशि नगरपालिका वडा नम्बर ६ र ७ का १/१ जना, त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर २ र ७ का १/१ जना, थाक्रे गाउपालिका वडा नम्बर ६ र १० का १/१ जना, गजुरी गाउपालिका र ज्वालामुखी गाउपालिका वडा नम्बर ५ का १/१ जना, गंगाजमुना गाउपालिका वडा नम्बर ४ का १ जना र गल्छी गाउपालिका वडा नम्बर ७ का १ जना रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीको सङ्ख्या १ हजार १ सय ९० पुगेको छ ।