जिल्लामा संञ्चालीत सबै क्रसर उद्योग र ढुङ्ग खानी, बालुवा प्रशोधन उद्योग तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय धादिङले निर्देशन गरेको छ ।

यस्ता खानी र उद्योगहरु सरकाले तोकेको मापदण्ड अनुसार नभएकोले गर्दा तत्काल बन्द गर्न निर्देन गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भएको छ । सबै स्थानीय तहमा रहेका खानी र क्रसर उद्योगहरु बन्द गर्न पत्राचार भई सकेको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार यस भन्दा अघि उत्खनन् गरेको र संकलन गरीएका नदिजन्य बस्तुहरु भने मौजाद निकाले पछी विक्रि गर्न पाउने छ ।

यसै क्रममा धादिङका विभिन्न खोला नदी तथा खानीबाट उत्खनन् गरी संकलन गरिएको ढुङ्ग, गिट्टी, बालुवा र क्रसर उद्योगबाट उत्पादीत् ढुङ्गा, गिट्ट, र बालुवाको मौज्दात कती छ भन्ने कुराको तथ्याङ्क संकलन सुरु गरिएको छ । मौज्दात रहेका ढुङ्गा, गिट्टी र बालुवा बढिमा एक महिना भित्र अनिर्वा रुपमा विक्रि गरी उठाई सक्नु पर्ने छ । जिल्ला सम्मन्वय समिती, सम्वन्ध्ति स्थानीय तह प्रहरी र प्राविधिकहरु सहितको टोलीले तथ्यांक संकलनको काम गरिरहेका छन् ।

मौज्दात रहेको ढुङ्गा, गिट्टी, र बालुवाको परिमाण नाप जाँच र अभिलेखका साथै विक्रि वितरणको अनुगमन भने प्रमुख जिल्ला अधिकारीले नै गर्ने बताइएको छ । जिल्लामा संञ्चालन हुदै आईरहेका खानी र क्रसर उद्योगहरुले वाताबरणमा प्रतिकुल प्रभाव पारेपछी यस्ता सबै खानी र उद्योगहरु बन्द गर्न सुरु गरिएको हो ।

धादिङमा संञ्चालन हुदै आईरहेका बालुवा प्रशोधन गर्ने उद्योग लगाएत क्रसर उद्योगहरु सबै जसो पृथ्वीराजमार्ग आसपासमा रहेका छन् । जिल्लाभर ६५ ओटा बालुवा प्रशोधन गर्ने फिरफिरे र ३३ ओटा क्रसरहरु संञ्चालनमा छन् ।

Facebook Comments