धादिङमा विहिबार ६ महिनाको बालीका सहित १० जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा गल्छी गाउपालिकाका ६ जना, सिद्धलेक गाउपालिकाका २ जना, धुनीबेशी नगरपालिका र गजुरी गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

जसमा गल्छी गाउपालिका वडा नम्बर ४ का ६ महिनाको बालिका, गल्छी गाउपालिका वडा नम्बर ५ का १९ बर्षका पुरुष, गल्छी गाउपालिका वडा नम्बर २ का ३८ बर्षका पुरुष, ३२ बर्षका महिला, गल्छी गाउपालिका वडा नम्बर ६ का ३१ बर्षका महिला र ३१ बर्षका पुरुष, सिद्धलेक गाउपालिका वडा नम्बर ७ र २ का क्रमश ३२, ४८ बर्षको पुरुष, धुनीबेशी नगरपालिका वडा नम्बर २ का ३२ बर्षका पुरुष र गजुरी गाउपालिका वडा नम्बर १ का ३४ बर्षका पुरुष रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ४ सय ३६ पुगेको छ ।

Facebook Comments