धादिङमा शुक्रबार थप ७ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा ज्वालामुखी गाउपालिका र नेत्रावती डबजोङ गाउपालिकाका २/२ जना, गल्छी गाउपालिका, गजुरी गाउपालिका र नीलकण्ठ नगरपालिकाका १/१ जना रहेको रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

जसमा ज्वालामुखी गाउपालिका वडा नम्बर ७ का २४ बर्षका पुरुष, ज्वालामुखी गाउपालिका वडा नम्बर ३ का २० बर्षका महिला, नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ५ का ३७ बर्षका पुरुष, ६८ बर्षका महिला, गल्छी गाउपालिका वडा नम्बर ६ का ३४ बर्षका महिला, गजुरी गाउपालिका वडा नम्बर ८ का २४ बर्षका पुरुष र नीलकण्ठ नगरपालिका वडा नम्बर १० का १८ बर्षका पुरुष रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ४ सय ८३ पुगेको छ ।

Facebook Comments