धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ मा रहेको नवजिवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको ८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रमा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा गजुरी गाउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । ११ सय ३५ शेयर सदस्य रहेको सहकारीको नाफा १० लाख ६१ हजार ३ सय २४ रहेको छ भने संस्थाको कूल खर्च ५४ लाख ७० हजार ८ सय २६ रहेको संस्थाका प्रवन्धक नारायण सुवेदीले जानकारी दिनुभयो ।

साधारण सभामा संस्थाका अध्यक्षद्वारा वर्षिक प्रतिवेदन तथा संस्थाका प्रवन्धक नारायण सुवेदीले आय व्याय विवरण प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा गजुरी गाउपालिका उपाध्यक्ष सिता ढुङ्गाना, साना किसान कृषि सहकारी संघ धादिङका अध्यक्ष रगं प्रसाद थपलिया, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, गजुरी गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामचन्द्र मिजार लगायत अन्य अतिथिहरुको उपस्थिती रहेको थियो ।











