२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जिल्ला सामुदायिक आँखा केन्द्र धादिङबाट मोतियाबिन्दु भएका ९५ जनाको अप्रेशन

जिल्ला सामुदायिक आँखा केन्द्र धादिङबाट मोतियाबिन्दु भएका ९५ जनाको अप्रेशन
सेयर गर्नुहोस्
०सेयर

जिल्ला सामुदायिक आँखा केन्द्र धादिङबाट मोतियाबिन्दु भएका ९५ जनाको अप्रेशन गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले शिविर नै संचालन गरि मोतियाबिन्दु भएकाहरुको निशुल्क अपरेशन गरिएको आँखा केन्द्रले जनाएको छ । शिविरमा हिजो ५९ जना र आज ३६ जनाको गरि ९५ जना मोतियाबिन्दुको निशुल्क अप्रेशन गरिएको हो ।

शिविरमा विशेष गरि आँखाको जाँचसँगै परामर्श तथा जटिल समस्या भएका मोतियाबिन्दु भएकाहरुको अपरेशन समेत गरि दिएको हो । हिजोदेखि संचालन भएको शिविर भोलिसम्म चल्नेछ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंका डाक्टर रिता गुरुङ लगायतको टोलीले सेवा दिइरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।