२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ओलीडाँडामा बोलेरो गाडी र मोटरसाईकल एक आपसमा ठोक्कीदा २ जना गम्भीर घाईते

ओलीडाँडामा बोलेरो गाडी र मोटरसाईकल एक आपसमा ठोक्कीदा २ जना गम्भीर घाईते
सेयर गर्नुहोस्
०सेयर

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर २ ओलीडाँडामा बोलेरो गाडी र मोटरसाईकल एक आपसमा ठोक्कीदा २ जना गम्भीर घाईते भएका छन् ।

धुँवाकोटबाट धादिङवेशीं तर्फ आउँदे गरेको बा २ झ ४१८१ नम्बरको बोलेरो गाडी र धादिङवेशींबाट धुँवाकोट तर्फ जाँदै गरेको बा ४३ प १७२५ नम्बरको मोटरसाईकल शनिबार साढे १२ बजेको समयमा एक आपसमा ठोक्कीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका ईन्सपेक्टर अरुण कुमार कुशवाहले जानकारी दिनुभयो ।

दुर्घटनामा परि घाईते हुनेमा निलकण्ठ नगरपालिका वडा नम्बर १४ का २४ वर्षिय सनबहादुर सुनार र मोटरसाईकल पछाडी सवार ३० वर्षिय कृष्ण परियार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईतेहरुलाई उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।