धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले किशोरीहरुलाई आईरन तथा फोलिक एसिड वितरण गर्ने भएको छ । किशोरीहरुलाई रक्तअल्पता, कुपोषण हुनबाट बच्न तथा पौष्टिक तत्व वृद्धि गर्नको लागि गाउँपालिकाले गाउँपालिका भरका १० बर्ष देखि १९ बर्ष सम्मको किशोरीहरुलाई आईरन तथा फोलिक एसिड वितरण गरिने स्वास्थ्य शाखा प्रमुख यमबहादुर श्रेष्ठले बताउनुभयो ।

आगामी माघ महिनादेखी सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई वितरण गरिने स्वास्थ्य संयोजक श्रेष्ठले बताउनुभयो । किशोरीहरुको महिनावारी सुरु हुने समय, शारिरिक वद्धि विकास पनि यो उमेर छिटो हुने भएकाले पौष्टिक तत्व आवश्यक पर्ने भएकाले आईरन तथा फोलिक एसिड वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।

आईरन तथा फोलिक एसिड वितरण सम्बन्धी विद्यालयका शिक्षकहरुका लागि शनिबार एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेकोे छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा कार्यक्रममा गाउँपालिकाका  अध्यक्ष शम्भु कुमार थापा, उपाध्यक्ष देवि कुमारी बुर्लाकोटी, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र इटनी, शिक्षा प्रमुख रुक्मिला इटनी विद्यालयका प्रधानध्यापक तथा शिक्षक शिक्षिकाको उपस्थीति रहेको सहकर्मी मदन श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments