२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा जिल्ला स्तरिय व्याडमिन्टन प्रथम मेयर कप २०७७ सुरु

धादिङमा जिल्ला स्तरिय व्याडमिन्टन प्रथम मेयर कप २०७७ सुरु
सेयर गर्नुहोस्
०सेयर

धादिङमा जिल्ला स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता प्रथम मेयर कप २०७७ विहिबारबाट सुरु भएको छ । स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरि राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको धादिङ जिल्ला व्याडमिन्टन संघका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताउनुभयो ।

जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको कवडहलमा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतियोगिता भैरहेको छ । प्रतियोगितामा १४ जना महिला र १ सय ५१ जा पुरुष गरी १ सय ६५ जनाको सहभागिता रहेको श्रेष्ठले बताउनुभयो । कार्यक्रमको औपचारिक उद्घाटन गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो ।

केहि वर्ष अघिसम्म फुटवल, भलिबल, क्रिकेट लगायतका खेलहरुको मात्र जिल्लामा प्रतिस्पर्धा हुने गरेको थियो । व्याडमिन्टनमा पनि राष्ट्रिय तहमा खेलाडी उत्पादन गर्न खेलाडीको हौसलाका लागि मेयर कपको थालनी गरिएको र खेलाडीहरुको चाहना अनुसार सबै प्रकारका खेलाडीहरुका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत प्रमुख ढुङ्गानाले व्यक्त गर्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।