इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिसमस शुक्रबार नेपालसहित विश्वभर मनाइँदैछ । कोरोना महामारीका कारण यसवर्ष अन्य वर्षहरुको तुलनामा क्रिसमस सामान्य रुपले मनाउन लागिएको हो ।

प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा इसाईहरूले आज क्रिसमस मनाउने गर्छन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले मनाउने यो चाडमा पछिल्लो समय अन्य धर्मका युवायुवती पनि रमाउने गरेका छन्। ऋाज भन्दा २ हजार २० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको इतिहास छ।

य ेशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्दैछन्। यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ।

Facebook Comments