१८ करोडमा निर्माण भैरहेको जिन्टेटार-स्यालटार जोड्ने पक्की त्रिशुली नदि पुल आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षणको सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।
कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले पुल बिचमा अलपत्र नपारी जति सक्दो चाँडै निर्माण गर्न निर्देशन दिनुभएको छ। यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा धादिङ जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले सुरुमा पप्पु कन्स्ट्रक्सनले पारेको पुलको ठेक्का हाल पप्पु कन्स्ट्रक्सन कालो सुचिमा परेपछी रसुवा कन्स्ट्रक्सनले ठेक्का पारी सके पछि काम राम्रो भएको बताउनुभएको छ ।

कार्यक्रममा वडा नं १ का कार्यवाहक वडा अध्यक्ष मदन कुमार खतिवडा, वडा नं ६ का वडा अध्यक्ष राजन श्रेष्ठ लगायत केदार खतिवडा, विनोद कार्की, झम्क खड्काले पुलको काम भैरहँदा त्यहाँ आसपास भूक्षय, खानेपानीको मुहान, मन्दिर र विशेष गरि पुराना संरचना नभत्किने नबिग्रने गरि काम गर्नु पर्ने सुझाव दिनुभएको छ । पुल १५० मिटर लामो र ११ मिटर को चौडाइ मा बन्ने गरि निर्माण भैरहेको कार्यक्रममा जानकारी गराईएको छ ।











