
पत्रकार लोकतन्त्र, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएर संघर्षमा रहेको नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले बताउनुभएको । नेपाल पत्रकार महासंघ धादिङको २२ औं साधारणसभालाई सम्बोधन गर्दै गर्दै महासचिव विष्टले यस्तो बताउनुभएको हो ।
देशमा भइरहेको पछिल्लो राजनीतिक अवस्था, सरकारको उच्च ओहोदामा बसेका व्यत्तित्वहरुबाट संविधानमाथि आघात पुग्ने खालको गतिविधि भइरहेको अवस्थामा पेशागत संगठनका अगुवा भएको नाताले हरेक पत्रकारहरुले सरकारबाट हुने गल्तीहरु सच्याउन दबाब दिनुपर्ने बताउनुभयो ।
लोकतन्त्र, पजातन्त्र, संविधानको परिपालना हाम्रो पेशासँग प्रयक्ष सरोकार राख्ने भएकोले प्रेस स्वतन्त्रता, नागरिक अधिकार पक्षमा पत्रकार र पत्रकार महासंघले संघर्ष गर्न तयारी अवस्थामा रहनुपर्ने विष्टले बताउनुभयो । तर संविधान सही बाटोमा आउछ र लोकतान्त्रिक अभ्यास फेरि सुचारु हुन्छ भन्नेमा पनि विश्वास गर्नुपर्ने बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघले पत्रकारहरुको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, श्रमको मुल्यको अभ्यासमा केही नयाँ काम गर्न सकेको विष्टले बताउनुभयो । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघले गरेका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
धादिङका क्रियाशिल ५ जना पत्रकारहरु पुरस्कृत
धादिङका क्रियाशिल ५ जना पत्रकारहरु शुक्रबार पुरस्कृत भएका छन् । पत्रकार महासंघ धादिङ शाखाको २२ औं साधारण सभाको अवसरमा पुरस्कार प्रदान गरिएको हो ।
सिताराम प्रसाद बर्मा स्मृती स्वास्थ्य पत्रकारिता पुरस्कार पिजन खबर डटकमका प्रवन्ध निर्देशक एवम् नेपाल पत्रकार महासंघ धादिङका संस्थापक राजेन्द्र प्रताप शाहलाई प्रदान गरिएको छ । पत्रकार शाहलाई १५ हजार नगद र सम्मान पत्रको साथमा पुरस्कार प्रदान गरिएको हो ।

यस्तै शालिग्राम बर्मा स्मृती पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता पोषनाथ अधिकारी र रेडियो धादिङका स्टेशनम्यानेजर राजाराम शर्मालाई प्रदान गरिएको छ । नगद ५ हजार सहित सम्मानपत्रको साथमा पुरस्कृत गरिएको हो । त्यस्तै बिकास पत्रकारिता पुरस्कार २०७६ र २०७७ को क्रमश अन्नपूर्ण पोष्टका जिल्ला संवाददाता मनिश दुवाडी, र नागरिक दैनिक जिल्ला संवाददाता सरिता श्रेस्ठलाई प्रदान गरिएको छ ।
नगद १०/१० हजारको साथमा सम्मानपत्र सहितपुरस्कार प्रदान गरिएको हो । यसैविच शालिग्रामबर्मा पुरस्कारबाट सम्मानित २ जना पत्रकार राजाराम शर्मा र पोषनाथ अधिकारीले भने पुरस्कृत रकम स्वर्गिय सिताराम प्रसाद वर्माको शालिक निर्माणको लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ ।