धादिङ संचार सहकारीको अध्यक्षमा पुनः पोषनाथ अधिकारी चयन हुनुभएको छ ।

सहकारीको शुक्रबार सम्पन्न तेस्रो अधिवेशनले पुन पोषनाथ अधिकारीलाई सर्वसहमतिले चयन गरेको हो । यस्तै संस्थाको उपाध्यक्षमा मुरारी अधिकारी, गोकर्ण दुवाडी,  महासचिवमा केशव अधिकारी, सचिवमा कृष्ण ढकाल, कोषाध्यक्षमा बद्रि अधिकारी चयन हुनुभएको छ ।

यस्तै सदस्यमा निरमाया गुरुङ, सरिता श्रेष्ठ, सिर्जना खनाल, रामबहादुर ठकुरी, सुदिप कोइराला, दोलख गुरुङ चयन हुनुभएको छ । यस्तै सुदिप कोईरालाको संयोजकत्वमा ऋण उपसमिति, सिताराम अधिकाकारीको संयोजकत्वमा ३ सदस्सीय शिक्षा समिति र अर्जुन खतिवडाको संयोजकत्वमा ३ सदिस्सीय लेखा समितिको गठन गरिएको छ ।

Facebook Comments