२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रयास नेपालद्वारा महिला समूहलाई बाख्रा उपहार

प्रयास नेपालद्वारा महिला समूहलाई बाख्रा उपहार

धादिङको सिद्धलेक गाउपालिका वडा नम्बर ६ खरम्टारका महिला समुहलाई शनिबार बाख्रा वितरण गरीएको छ ।

प्रयास नेपाल, सिद्धलेक गाउपालिका र हेफर इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालीत सिद्धलेक साना किसान प्रवलीकरण अन्तरगत खरम्टारमा गठित महिला समुहहरुलाई बाख्रा उपहार स्वरुप वितरण गरेको हो ।

खरम्टारमा गठित जनचेतना स्वाभलम्वी महिला समुह (मुल समुह) ले संघर्षसिल स्वाभलम्वी महिला समुहलाई ७ ओटा र चन्डेस्वरी महिला समुहलाई १० ओटा गरी जम्मा १७ ओटा बाख्रा उपहार स्वरुप वितरण गरेको प्रयास नेपालका सामुदायिक सहजकर्ता विनोद पोखरेलले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।