
सदरमुकाम धादिङबेशीमा सामुदायिक उत्थान पद्धतिका लागि मञ्च (फोकस नेपाल)को १८ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएकोे छ । कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ को बार्षिक समीक्षा गरेको छ ।
फोकस नेपालका अध्यक्ष हेम राज छत्कुलीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद गुरु प्रसाद बुर्लाकोटिको प्रमुख आतिथ्य रहेको थियो भने संस्थापक सदस्य खेम बहादुर पाठकको विशेष आतिथ्य रहेको थियो ।
साधारण सभामा फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले वार्षिक प्रतिवेदन र कोषध्यक्ष राजाराम सिटौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै संस्थाको शनिबार सम्पन्न ५ औँ अधिवेशनले पार्वती खाणको अध्यक्षतामा ७ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा राजराम सिटौला, महासचिवमा कविन्द्र बुर्लाकोटी, सचिवमा विमला नेपाली, कोषाध्यक्षमा तोला कुमारी पाठक, सदस्यहरुमा खेम बहादुर पाठक र धन कुमारी गिदेल चयन हुनुभएको छ । रहेका छन् । कार्यसमितिको समय अवधि भने ३ बर्षको रहने छ ।