
निलकण्ठ नगरपालिका वडा नम्बर १ र ५ मा रहेको पञ्चकन्या साना किसान कृषि सहकारी संस्थाको १० औं साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष सुशिला पनेरुको अध्यक्षतामा सम्पनन भएको सभामा साना किसान कृषि सहकारी संघ धादिङका प्रवन्धक जितबहादुर नेपालीको प्रमुख आतिथ्य तथा वडा नम्बर ५का वडा अध्यक्ष रामकुमार श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।
सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवं साना किसान कृषि सहकारी संघ धादिङका प्रवन्धक जितबहादुर नेपालीले सहकारीलाई दिर्घायुसम्म टिकाईराख्न र शेयर सदस्यको आर्थिक स्तर उकास्न उतपदानमा जोड दिनुपर्ने बताउनुभयो ।
सदस्य वृद्धिमा भन्दा पनि सहकारीको गुणस्तरमा ध्यान दिनुपर्ने प्रवन्धक नेपालीको भनाई थियो । सहकारीले निरक्षर, पिछडिएका वर्ग, अल्पसंख्यक तथा पिडित समाजलाई मार्गदर्शन गर्न सक्ने क्षमता बनाउनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै वडा नम्बर ५ का वडा अध्यक्षले वडाबाट १ लाख रुपैया बजेट सहयोग गर्ने घोषणा गर्नुभएको छ । सहयोग रकम घोषणा गर्नुहुँदै वडाअध्यक्ष श्रेष्ठले स्थानिय/रैथाने उत्पादनलाई प्रोत्सहान गर्नुपर्ने बताउनुभयो । साधारण सभाकै अवसरमा असल वचतकर्ता र असल ऋणीहरुलाई सम्मान गरिनुका साथै मृत्यु भएका सदस्यहरुलाई नगद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा शेयर सदस्य, संस्था सञ्चालक समितिका पदाधिकारी, कर्मचारी गरि ४ सय ५० भन्दा बढिको उपस्थिति रहेको थियो ।