धादिङको थाक्रे गाउपालिकामा सुरक्षित आवास गृह सेफ हाउस बन्ने भएको छ ।

विशेष गरि हिंसा पीडित असहाय महिला तथा बालबालिकाहरुको लागि बन्न लागेको सुरक्षित आवास गृह सेफ हाउसको शुक्रबार शिलान्यास गरिएको छ । सेफ हाउसको शुक्रबार एक कार्यक्रम गरि सांसद भुमिप्रसाद त्रिपाठी र गाउपालिका अध्यक्ष रामकुमार आचार्यले  संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

गाउपालिकाको ५० लाख लागतमा सेफ हाउस बन्न लागेको गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिनुभयो । थाक्रे गाउपालिका समृद्ध र नमुना निर्माण अभियान अन्तर्गत सेफ हाउस बन्न लागेको अध्यक्ष आचार्यले बताउनुभयो ।

Facebook Comments