
ग्रामीण यातायात सहकारी संस्थाको निर्वाचन सम्पन्न भएको छ । गत पुस २५ गते महासचिव र कोषाध्यक्ष पदका लागि विवाद भएपछि स्थगित भएको संस्थाको अधिवेशन शनिबार निर्वाचन प्रणालीमार्फत सम्पन्न गरिएको हो ।
संस्थाको महासचिवमा बद्री सुवेदी र कोषाध्यक्षमा प्रमोद पोखरेल निर्वाचित हुनुभएको अनिल अधिकारीले जानकारी दिनुभयो । शनिबार निर्वाचित भएसँगै सहकारी संघको कार्य समितिले पूर्णता पाएको छ ।
राम घलेको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा इश्वर धरेल, महासचिवमा बद्रि सुवेदी, सविचमा सम्झना लामिछाने पण्डित, कोषाध्यक्षमा प्रमोद पोखरेल चयन हुनुभएको हो । यस्तै चन्द्रबहादुर लम्सालको संयोजकत्वमा लेखा समितिको पनि गठन गरिएको छ ।