२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जिल्लाको सुरक्षा व्यवस्थामा सुधार गर्दै लैजाने प्रहरी उपरिक्षक खड्को प्रतिवद्धता

जिल्लाको सुरक्षा व्यवस्थामा सुधार गर्दै लैजाने प्रहरी उपरिक्षक खड्को प्रतिवद्धता
सेयर गर्नुहोस्
०सेयर

जिल्लामा आत्महत्या, घरेलु हिंसा र जवरजस्ती करणीका घटना बढेको भन्दै यसलाइ रोक्न अभियान नै सञ्चालन गरेर दुरदराजमा पुग्ने धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङले गर्दै आएको काम कारवाही तथा भावी योजनाका विषयमा जानकारी दिने उद्देश्यले आयोजीत पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । अघिल्ला आर्थिक वर्षको तुलनामा धादिङ जिल्लामा घरेलु हिंसा, आत्महत्या लगाएत जवरजस्ती करणीका घटना बढेको भन्दै यसलाई रोक्न विशेष अभियान नै सञ्चालन गर्ने तयारी भैरहेको उहाँले बताउनुभयो ।

जिल्लाको समग्र सुरक्षा अवस्था र जिल्ला प्रहरी कार्यलय धादिङले गरेका कामको बारेमा जानकारी दिन आयोजित छलफलमा यस्तो जानकारी दिनुभएको हो । जिल्लाको सुरक्षा अवस्थालाई थप मजवुत बनाउन प्रहरी प्रशासन थप जिम्मेवार बनिरहेको प्रहरी प्रमुख बस्नेतले बताउनुभयो । जसकालागी विग्रिएका सिसि क्यामेराको मर्मत, प्रहरी भित्रै पनि शुद्धिकरण, चेकजाँचलाई थप कडा, दुरदराजका प्रहरी चौकीलाई थप सुदृढ बनाउने काम भैरहेको जानकारी दिनुभयो ।

यो आर्थिक वर्षको मसिंर सम्मको तथ्याङ्क अनुसार बहुविवाह, जुवा, कुटपिट अंगभगं लगाएतका घटना पनि वृद्धि भएको छ । यस आर्थिक वर्षको मंसिर सम्ममा जम्मा २४१ ओटा विभिन्न घटनामा मुद्धा दर्ता भएको पनिकार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रममार्फत धादिङमा आर्थिक वर्ष २०७७/०७८ मा झुण्डीएर आत्माहत्या गर्नेको संख्या बढेको जानकारी गराइएको थियो ।

२०७७/०७८ मा झुण्डीएर आत्माहत्या गर्नेको संख्या ६४ पुगेको छ भने जबरजस्ती करणीको संख्या १९ पुगेका छ । त्यस्तै गरी भवितव्य ज्यान २१, विष सेवनगर्ने १३, अभद्र व्यवहार गर्नेकोसंख्या२२ रहेको खड्काले बताउनु भयो । जिल्लाप्रहरी कार्यालय धादिङले आर्थिक वर्ष २०७७/०७८ मागर्दै आएको कामहरुको जानकारी गाराउदै १ करोड २५ लाख ८५ हजार राजस्व संकलन गरेको पनिबताउनु भयो । कार्यक्रममापत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली, सचिव राजाराम शर्मा लगाएत धादिङका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।