२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

उत्तरी धादिङमा सडक खन्ने क्रममा माथीबाट पहिरो खस्दा २ जना वेपत्ता

उत्तरी धादिङमा सडक खन्ने क्रममा माथीबाट पहिरो खस्दा २ जना वेपत्ता
सेयर गर्नुहोस्
०सेयर

प्रतिनिधि तस्विर । स्रोत : गुगल

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर २ सेर्तुङ स्थित अदा खोलामा सडक खन्ने क्रममा २ जना वेपत्ता भएका छन् ।

शुक्रबार राती साढे ८ बजेको सयमा सेर्तुङबाट तिप्लिङ जोड्ने सडक खन्ने क्रममा माथीबाट पहिरो खस्दा स्काभेटर चालक र सहचालक वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा स्काभेटर चालक सिन्धुपाल्चोक जिल्लाका २३ वर्षिय राजु पराजुली र सहचालक रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ लापाका २० वर्षिय जोजो तामाङ रहेका छन् ।

स्काभेटर खोलामा माटोले पुरिएको अवस्थामा केही भाग देखिएकाले त्यसतर्फ जाने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक भण्डारी बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।