२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

“रोएको छ सिन्धुपाल्चोक”

“रोएको छ सिन्धुपाल्चोक”

′

मुक्तक

रोयको छ सिन्धुपाल्चोक

लगातारको वर्षाले भेलबाढि आयो
नसोचेको घटना बजार नै बगायो
धरी धरी रोयको सिन्धुपाल्चोक आज
बिपत्तिले सपनाहरू सबै छिन भरमै लग्यो

∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼

बगायो करोडौंको घरहरु छैन बस्ने बास
कति बेपत्ता छन कतिको भेटेका छन लास
बाढिले सयौंको खेतबारी सडक नै लग्यो
सिन्धुपाल्चोकले गरेका छन राहतको आश

∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼

कोहीको छोरा छोरी कोही दाजुभाइ छैनन
कतिको मन रोयो आमा बाबा पनि छैनन
आयो बाढि लिएर गयो बाढिले बजार नै पुरै
आज रोयको छ सिन्धुपाल्चोक पिडामा छन

∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼∼

सहयोग राहत चाहेको छ भोकै छन कति त
हेरेर नबस सरकार केही गरन सकेको जतित
पाखमा भाछ बास छैन त्रिपाल पनि त्यहाँ
खान बस्न ब्यबस्था गर सरकार छिटो अबत

भक्त शाक्य (काले)
निलकण्ठ नगरपालिका -१०, ज्यामरुङ धादिङ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।