१६ औँ संस्करणको युरोकप फुटबलमा शनिबार पनि बिभिन्न तीन खेलहरू हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत शनिबार हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीचसाँझ ६ः४५ बजे खेल सुरु हुनेछ । दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

शनिबारको तेस्रो खेल स्पेन र पोल्याण्डबीच हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

Facebook Comments