२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सडक खन्ने क्रममा माथीबाट पहिरो खस्दा वेपत्ता भएको २ जना मध्ये एक जनाको शव भेटियो

सडक खन्ने क्रममा माथीबाट पहिरो खस्दा वेपत्ता भएको २ जना मध्ये एक जनाको शव भेटियो
सेयर गर्नुहोस्
०सेयर

तस्विर : जिक्मीराज घले

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर २ सेर्तुङ स्थित अदा खोलामा सडक खन्ने क्रममा वेपत्ता भएका २ जना मध्ये एक जनाको शव फेला परेको छ ।

शव पहिचान भने हुन नसकेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । पानी परिरहेकाले भेटिएको शव निकाल्न र हराएको खोजी गर्न समस्या भएको प्रहरी नायव उपरिक्षक भण्डारीले बताउनुभयो ।

शुक्रबार राती करिब साढे ८ बजेको सयमा सेर्तुङबाट तिप्लिङ जोड्ने सडक खन्ने क्रममा माथीबाट पहिरो खस्दा स्काभेटर चालक सिन्धुपाल्चोक जिल्लाका २३ वर्षिय राजु पराजुली र सहचालक रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ लापाका २० वर्षिय जोजो तामाङ बेपत्ता भएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।