२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दलित संघर्ष समिति धादिङको धर्ना रोक्न प्रहरी परिचालन

दलित संघर्ष समिति धादिङको धर्ना रोक्न प्रहरी परिचालन
सेयर गर्नुहोस्
०सेयर

नगरपरिषद् स्थलमा धर्ना बसेको भन्दै संयुक्त दलित संघर्ष समितिको धर्ना कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेको छ । निलकण्ठ नगरपालिकाको नगरसभा सुरु हुन अघि नै कार्यक्रमस्थल बाहिर धर्ना बसेका दलित अगुवाहरुलाई प्रहरीले तितरवितर पारेका हुन् ।

निशुल्क शिक्षाका लागि १२ बुदे माग राखेर ४ महिनादेखि धादिङका दलित अगुवा आन्दोलनरत छन् । नगरपालिकाले दलित समुदायको मागलाई बेवास्था गरेको भन्दै दलित अगुवाहरु आज नगसभा स्थलमा नै धर्ना दिन पुगेका थिए । प्रहरीले हस्तक्षेप गरेपछि केही समय सामान्य झडप समेत भएको दलित अगुवा गणेश बराईलीले बताउनुभयो ।

झडपमा परि दलित अगुवा राम बहादुर बसेल, नवराज मजाकोटी लगायतका व्यक्तीहरु घाईते समेत भएको उहाँले बताउनुभयो । महिनौदेखि आफुहरुको माग लिएर नगरपालिका धाउदा पनि माग सम्बोधन हुने छाट नदेखिएकोले नगरसभा भएकै स्थानमा धर्ना दिन जाँदा प्रहरी प्रशासन लगाएर लाठीचार्ज गरेको दलित नेता गोपाल विश्वकर्माले बताउनुभएको छ ।

सोमबार आयोजित नगरसभा अघि नै शान्तिपुर्ण धर्नामा बसेका थियौं तर दलितमाथि मेयर भिम प्रसाद ढुंगानाको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेको उहाँको आरोप छ । यता नगरपालिकाले भने नगरसभा नै विथोल्ने नियतले दलित अगुवाहरु प्रस्तुत भएपछि प्रहरी परिचालन गर्नु परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले भिडभाड धेरै भएकोले भिड नियन्त्रण मात्रै गर्न खोजेको बताउनुभयो । प्रशासानले निषेधाज्ञाको समयमा सभा, सम्मेलन, भेला, धर्ना जस्ता कार्यक्रमहरु बन्देज लगाएका कारण कोभिडको बेला यस्तो नगर्नुस मात्र भनेका हौं, केही गरेकै छैनौं घाईते कसरी भयो ? प्रमुख प्रहरी उपरिक्षक खड्काले बताउनुभयो ।

‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५’ को परिक्षेद २ (८) मा ‘आर्थिक रुपले विपन्न, अपाङ्गता भएका र दलित नागरिकलाई निःशुलक उच्च शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ ।’ भनी उल्लेख छ । तर, केन्द्र, प्रदेश वा स्थानीय सरकारको जिम्मेवारी प्रष्ट नभएकोले समस्या उत्पन्न भएको निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगानाको भनाई छ ।

नीलकण्ठ नगरपालिकाले संविधान विपरित दलित समुदायको छात्रवृत्ति कटौती गरेको भन्दै दलितहरु अगुवाहरुले आन्दोलन गर्न छोडेका छैनन् । संयुक्त दलित संघर्ष समिति बनाएर गत फागुन महिनादेखि नै निशुल्क शिक्षासहित विभिन्न १२ बुँदे माग अघि सारेर आन्दोलन गरिरहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।