धादिङका १७ जनामा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा रुबीभ्याली गाउपालिकाका ७ जना, धादिङ्ग हस्पिटलमा ५ जना, गजुरी गाउपालिकाका २ जना, धुनिबेसि नगरपालिका, त्रिपुरासुन्दरी गाउपालिका गंगाजमुना गाउपालिका १/१ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

योसगैँ जिल्ला भित्र ७ सय ५० र जिल्ला बाहिर ७६ गरी जिल्लाको सक्रिय संक्रमितको संख्या ८ सय २६ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १७, संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा ७ सय ४ रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २१ र होम आइसोलेसनमा ५५ रहेका छन् ।

त्यसैगरी सोमबार ४२ जना डिस्चार्ज भएका छन् । त्यस्तै आज एन्टीजेन परिक्षण गरीएका ५१ जनामध्ये १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments