धादिङमा शनिबार ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एन्टीजेन परिक्षण गरिएका १ सय ११ जनामध्ये ५८ जनामा पोजिटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा ३ जना, धुनिबेसि नगरपालिकामा ९ जना, थाक्रे गाउपालिकामा ३ जना, बेनिघाट रोराङ गाउपालिकामा १५ जना, गजुरी गाउपालिकामा १ जना, गंगाजमुना गाउपालिकामा १४ जना, ज्वालामुखी गाउपालिकामा ५ जना, खनियाबास गाउपालिकामा २ जना र धादिङ्ग हस्पिटलमा ६ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ५ सय ४६ पुगेको छ । संक्रमितमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा ८, संस्थागत आइसोलेसनमा १४ र होम आइसोलेसनमा ५ सय २४ रहेका छन् । त्यस्तै शनिबार ४४ जना संक्रमण मुक्त भएका छन् ।

शनिबार सिद्धलेक गाउपालिकामा १० र धादिङ्ग हस्पिटलमा २७ गरी ३७ जनाको स्वाब संकलन गरीएको छ । त्यसैगरी धुनिबेसि नगरपालिकाका ८२ बर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसगंँै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

Facebook Comments