जिल्ला प्रशासन कार्यालय धादिङले आईतबार पनि बजार अनुगमन गरेको छ ।

नियमित अनुगमन गर्ने क्रममा आईतबार अनुगमन टोलिले ६ वटा फर्महरुलाई कारबाही गरेको छ । कारवाहीमा पर्नेहरु धुनिबेशी नगरपालिका–६, धार्केमा रहेको युनिक सप्लायर्सको नामक बिग मार्टलाई १० हजार, धार्केमा रहेको आर्जन एण्ड आर्या जनरल स्टोरलाई ५ हजार जरिवाना सहित कारवाही गरिएको छ ।

यस्तै थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीमा रहेको राहुल मिठाई पसललाई ५ हजार, थाक्रे गाउँपालिका वडा नम्बर ९ पण्डित पौवामा रहेको सपना किराना कोल्ड स्टोर तथा खाजा घर लाई ५ हजार, गोपाल होटललाई १० हजार जरिवाना सहित कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

यस्तै अनुगमन टोलिले पण्डितपौवामा अवैध रुपमा बिक्रीको लागि राखिएको करिब १५० लिटर घरेलु मदिरा नष्ट गर्नुका साथै २० हजार बराबरको अखाद्य सामग्री समेत जफत गरिएको छ । भने थाक्रेकै चिउरीपाटीमा रहेको अधिकारी इन्टरप्राइजेजलाई १० हजार जरिवाना सहित कारवाही गरिएको छ । उपभोक्ताको निरन्तर गुनासो पश्चात प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले जिल्लाका विभिन्न स्थानहरुमा गत बैशाखदेखी नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ ।

Facebook Comments