धादिङमा आइतबार थप ७२ जनामा कोरोना भाईसर संक्रणमण पुष्टी भएको छ ।

संक्रमण पुष्टी हुनेमा निलकण्ठमा १४, धुनिबेसीमा १, गल्छीमा १४, गजुरीमा ४, बेनिघाटमा ४, ज्वालामुखीमा ५, त्रिपुरासुन्दरीमा ५, गंगाजमुना ४, थाक्रे ३, सिद्धलेकमा ३, धादिङ्ग हस्पिटलमा १५ रहेका छन् ।

योसँगै धादिङमा सक्रिय कोरोना भाईसर संक्रमतिको संख्या ५ सय ५९ पुगेको छ । यस्तै आज ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा हस्पिटल आइसोलेसनमा १५, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसनमा ५ सय २७ रहेका छन् ।

निलकण्ठमा ५७, गजुरीमा २१ र गल्छीमा ६ गरेर आइतबार जिल्लामा ८४ स्वाब संकलन भएको छ । १ सय ५० एनटीजेन परिक्षण मध्ये ५७ पोजिटिभ आएको छ ।

Facebook Comments